Logo

पाकिस्थानका पुर्व प्रधानमन्त्रि र उनकि छोरीले कुन श्रेणीको खाना खादैछन जेलमा ?



काठमाडौ, असार ।शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई ‘क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ ।शरिफ आफ्नी श्रीमतीको उपचार गरेर स्वदेस फर्केकै दिन छोरी मरियम सहित बिमानस्थलबाटै पक्राउ परेका थिए ।

जेलका एक अधिकारीले शरिफकी छोरी मरियमलाई भने ‘ख’ श्रेणीको कैदीको सुविधा दिइएको जनाएका छन् । ‘क’ श्रेणीअन्तर्गत राखिने कैदीलाई बस्नका लागि २ वटा कोठा दिइन्छ  र जसमा एसी, ओछ्यान, फ्रिज र टेलिभिजनका साथै भान्सा सहितको सुबिधाहरु प्रदान गर्ने गरिन्छ ।

‘क’ श्रेणीका कैदीले जेलको खानाको सट्टा आफैंले पकाएर पनि खाने सुविधा त्यहाँ रहेको जनाईएको छ । जेलभित्रै उनीहरूले काम गर्ने २ जना कैदीहरु सहयोगिको रुपमा पाँउने गर्दछन । । उनकि छोरीले पाएको ‘ख’ श्रेणीको सुबिधामाभने एउटा कोठा र काम गर्ने एकजना कैदी सहयोगिको रुपमा उपलब्ध गराइन्छ  र आवश्यक परेको खण्डमा जेलप्रशासनको जाचबुझ पछि अर्को कैदि सहयोगिको रुपमा खटाईने त्यहाँको जेल प्रशासनको नियममा रहेको जनाईएको छ ।

यो सुबिधा पुरा पाकिस्थानमा नभएर बहावलपुर र रावलपिन्डी जिल्लामा रहेका जेलमा मात्रै कैदीले ‘क’ श्रेणीको सुविधा पाउने व्यवस्था रहेको छ । ‘ग’ श्रेणीमा हत्या, लुटपाट, चोरी र झैझगडा लगायतका अपराधमा सजाय पाएका कैदीहरूलाई राख्ने गरिन्छ । झैझगडामा संलग्न भए पनि प्रतिष्ठित परिवारका कैदीलाई भने ‘ख’ श्रेणी अन्तर्गतका कारागारमा राखिन्छ । जेलमा पहिलेको भन्दा दोब्बर सङ्ख्यामा सुरक्षा ब्यवस्था मिलाईएको छ जहाँ शरिफ र उनकि छोरीले जेल प्रशासनको नियममा रहेर उपल्बध गराएको लुुगा लगाउनु पर्नेछ ।

बाबु र छारीलाई दिईएको सुबिधाको बारेमा बताईए अनुसार शरिफलाई पुर्व प्रधानमन्त्रिको हैसियतमा ‘क’बर्गको सुबिधा प्रदान गरिएको जानार्ईएको छ ।



प्रतिक्रिया दिनुहोस्