Logo

उडिरहेको जहाजभित्रै सहायक पाईलटले सल्काए चुरोट ! अनि के भयो ?



१५३ यात्रु बोकेर उडिरहेको एयर चाइनाको एक जेट बिमानभित्रै बिमानका सहचालकले चुरोट पिउन थालेपछि संसारको ध्यान केन्द्रित गरेका छन । उडिरहेको बिमान भित्रै ति सहचालकले ईलेक्ट्रिक चुरोट सल्काएका थिए ।

साउथ चाईनाले गराएको जानकारी अनुसार एयर चाईनाका एक अधिकारीले यो धटनाको बिषयलाई लिएर एक प्रेस बिज्ञप्ति जारी गरेका छन । उक्त जारी बिज्ञप्तिमा उल्ल्ेख गरिए अनुुुसार यदि सहायक बिमान चालकले नियमको बिरुद्ध त्यो काम गरेको भए कम्पनीले उनलाई गम्भिर प्रकारको कारवाहि गरिने जनाईएको छ ।

पिपुल््स डेली कम्युनिष्ट पार्टि अफ चाईनाको आधिकारिक ट्वीटरमा जनाई अनुसार उडयन प्राधिकरणले आफ्नो प्रारम्भिक परिक्षणमा सहाएक पाइलटले चुरोट पिएको पाईएको जानकारी गराएको छ । उनले चुरोटमो धुहाँ रोक्नकालागि एयर कन्डिसनरको पनि प्रयोग गरेका थिए ।

उनले पिएको चुरोटको धुुहाँले  ३५ हजार फिट माथि उडिरहेको बिमान अचानक २५ हजार फिट तल झरेको थियो ।

एजेन्सि



प्रतिक्रिया दिनुहोस्