Logo

बिश्वकप फाईनलमा फ्रान्सलाई पेनाल्टिको मौका दिनु के गलत थियो ?



काठमाडौँ,१ साउन । प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले आइतबार विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् ।l

३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार क्रोएसियाका इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो ।जसलाई एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो । रेफ्री नेस्टोर पिटानाले पहिला पेनाल्टी दिएका थिएनन् ।

जब भिडियो एसिस्टेन्ट रेफ्री भिएआर रिभ्यू पछि उनले पेनाल्टी दिएका थिए । त्यो शतप्रतिशत पेनाल्टी थिएन ।उनी टाढा थिए । फरवार्डले हेड गरेको बल उनको हातमा आएको हो, उनले भने, बलले उनलाई लागेको हो ।

उनीले बललाई प्रभाव पार्ने गरि हात चलाएका छैन । मनसाय राखेर गरिएको ह्यान्ड त्यो होइन ।‘नियम अनुसार जानजान हातले बल छोएको हुनुपर्दछ,’ उनले भने, ‘उनको हात नियम अनुसार ठिकमा छैन ।

त्यसले त्यो पेनाल्टी नियम विपरित छ ।’ दोस्रो हाफमा केलियन बाप्पे र पाउल पोग्बाले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी हुँदै दास्रो पटक विश्व कप विजेता बनेको थियो ।एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्