Logo

मलाई कुनै उपमा चाहिदैन, समाज बद्लिए पुग्छः नायिका थापा



धनराज वास्तविक: काठमाडौं, ०१ साउन । सामाजिक अभियान्ता समेत रहेकी लोकप्रिय नायिका रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको यस वर्षकै बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘मालिका’ मा समाबेस गरिएको पहिलो गीत सार्वजनिक गरिएको छ ।

प्रसिद्ध संगीतकार सुरेश अधिकारीको समुधुर संगीत र ‘मोटिभेटर’ नर बहादुर कार्कीको उत्कृष्ट शब्द रचना रहेको ‘हल्का माया’ बोलको गीतलाई राजधानीको दरबारमार्ग स्थिति राईजिङ महलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा नाकिया थापा र निर्माता नरबहादुर कार्कीले नेपाली कला क्षेत्रलाई मनोरञ्जन भन्दा पनि सामाजिक रुपान्तरण तर्फ केन्द्रीत गर्न आग्रह गरेका छन् । नायिका थापाले आफू परिपक्व भईसकेको दाबि समेत गरेकी छन् । नेपाली चेली र नेपाली समाजको उन्नत भलाईनै आफ्नो प्रगति सम्झिनेमा पुगेकी नायिका थापाले आफूलाई कुनै उपमा नदिन समेत आग्रह गरिन् ।

गम्भिर रुपमा प्रस्तुत भएकी नायिका थापाले समाजमा रहेका विकृतिको अन्त्य हाम्रै पालामा हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन् ‘हामी समृद्धि र बिकासको अभियानमा छौं, तर  चेलीहरु बेचिरहेका छन्, चेलीहरु विभेद, बलात्कारको सिकार बन्नु परेको छ, कलाकारिताको १८ वर्षिय यात्रामा नारी स्वतन्त्रता र उन्मुक्तिका आवाजहरु बोल्दै आएकी छु ।’

नायिका थापाले भनिन्, ‘मैले अभिनय गरेका सयभन्दा बढि चलचित्रहरु सबै चले-चलेन, के भए ? त्यो फरक कुरा हो  तर मेरो एउटै उद्देश्य नारीले स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्छ, पुरुष समान हैसियतमा बाँच्न पाउनुपर्छ, महिलाले पनि गर्न सक्छन्, महिला आधा धरती आधा आकासकी मालिक हुन यस्तै यस्तै भन्दै यहाँसम्म आएकी छु, आगामी दिनहरुमा पनि यस्तै चक्र चलिरहने छ, मलाई यहाँसम्म ल्याउने मिडिया हो, आलोचना लेख्ने पनि मिडिया हो, मेरो लागि आलोचना गालि होईन, मार्गदर्शक हुन, मेरा गल्तिहरुले सजाए पाउनै पर्छ।’

यो पनि पढ्नुहोस्

काम नगर्नेलाई जनताले छोड्दैनन्: नायिका थापा

मालिका-‘सपनासँग सम्झौता गरेर बाँच्ने छोरी चेलीहरुको कथा हो’

लाखौँ छोरीको जीवन जोखिमको रेखामुनि छः नायिका थापा

उनले अघि थपिन म अब त ठूली भईसकेकी छु, आज रिलिज भएको गीतले पनि यहि भनिरहेको तपाईहरुले देख्नु भयो, हिजोका दिनहरुमा चर्चा भएका गीतहरु जस्ते गित यो थिएन्, देशलाई हिरो सम्झेर म नायिका भएर अभिनय गरेकी छु, बस मलाई तपाईहरुले कुनै उपमाले सम्बोधन गर्नु पर्दैन, मलाई माया गरे पुग्छ, समाज बद्लिए पुग्छ, नारीहरुले न्यायपूर्ण जीवन वेथित गरेको देख्न पाउनु नै मेरो लक्ष्य हो ।

उक्त गीतको भिडियो छायांकन कर्णाली प्रदेशको जाजरकोट जिल्लामा गरिएको हो । धनगडीमा रेल आएपछि धरान घुुम्न जानेदेखि मेचिमहाकालीलाई सम्बोधन गर्न खोजिएको छ । भिडियोमा कर्णालीमा फुलेको फूलको बासना कोशीमा पुगेका प्रसँगहरुले गहिरो बिम्बात्मक सन्देश दिईएको पाईन्छ ।

देउडा शब्द तथा मिश्रीत संगीतको साहरामा बनेको गीतमा लोप्रिय गायिका अञ्जु पन्तकोस्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा रेखा थापा र एकसय बढी कोरसहरुको लोभलाग्दो नृत्य रहेको छ । सार्वनिक गरिएको गीतको सम्पूर्ण छायांकन जाजरकोट दरबार परिसरमा गरिएको र जिल्लाकै मौलिक पोशाकको उच्चतम प्रयोग गरिएको छ । गीतको छायांकन रामशरण उप्रेतीले गरेका हुन् ।

आगामी कार्तिकमा रिलिज हुने चलचित्र ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा थापा र नर बहादुर कार्कीको कथा तथा कन्सेप्ट छ ।



प्रतिक्रिया दिनुहोस्