Logo

तीजको सूरुवातमै निर्मलले गरे तीन दर्जन गीतमा अभिनय



काठमाडौं, १ साउन । नेपाली समाज अनेकतामा बिभाजित छ । तर हाम्रो देशमा आजका दिनसम्म कुनै पनि जातिय तथा धार्मिक हिंसा भएका छैनन् । त्यसैले भनिएको हो अनेकतामा एकताको प्रतिक देश नेपाल ।

आज साउन १ गते । आजैबाट यस वर्षका विभिन्न चाँडपर्वहरु सूरु भएको मान्न सकिन्छ । साउने संक्रान्तिबाट सूरु भएका नेपालीहरुका आ-आफ्नै प्रकारका धर्म, संस्कार र संस्कृतिहरु छन् ।

आजभन्दा ठिक १ महिना २७ दिनपछि नेपाली नारीहरुको महानचाँड हरितालिका तीजपर्छ । उक्त पर्वमा पछिल्लो समयमा आएर नारीहरु मात्रै नभएर पूरुषहरु पनि खुब रमाउने गर्दछन् । पहिले पहिले नारी चेलीहरुको पहिचानको रुपमा चिनिने तीज आजका दिनमा आएर यसको क्षेत्र विस्तार भएको छ भन्दा अन्यथा हुँदैन ।

तीज आउन निक्कै समय अगावै बजारमा तीजका भाकाहरु बज्न थालिसकेका छन् । तीज लागेको सूरुवातलाई आधार मानेर हामीले बागलुङ घर भई हाल राजधानीमा बसेर अभिनय क्षेत्रमा राज जमाउन सफल मोडल निर्मल क्षेत्रीलाई आजको दिनसम्म कतिवटा गीतमा अभिनय गर्नुभयो ? भनेर सोधेका थियौं ।

रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानिमा उनले भने,‘मैले आजको दिनसम्म तीन दर्जन बढि गीतहरुमा अभिनय गरिसकेको छु, कामहरु आईरहेका छन्, गर्दैछु हेरौं कति पुग्छन्, तीजको अन्तिमसम्म कुर्नैपर्छ ।’

निर्मलले गतवर्ष करिब दुई दर्जनमात्रै गीतहरुमा अभिनय गरेका थिए भने यो वर्ष उनको व्यस्तता निक्कै बढेको मान्न सकिन्छ । उनले यो वर्ष, देवी घर्ती, जुना श्रीरिष, शिलु भट्टराई, कालिका रोका, ज्योति लोहनी लगायत गायिका तथा पशुपति शर्मा, खुमन अधिकारी लगायत गायको स्वरमा रहेका गीतहरुमा अभिनय गरेको जानकारी दिएका छन् ।

निर्मल र रविनाको अभिनय रहेको यो गीत :



प्रतिक्रिया दिनुहोस्