काठमाडौं,२ साउन ।
गजल
भोक कस्तो चिज रहेछ खायो सकियो
हेर्नुहोस यो तृष्णा पनि अघायो सकियो
कसैले सोधे भने प्रिय यसैगरि भनिदिनु
एउटा सद्दे मान्छे थियो बौलायो सकियो
सन्तानहरुले कर्तब्य यसरी पुरा गर्छन्
घाटमा लग्यो बाआमा डढायो सकियो
ब्युँझेकाले जिन्दगीलाई उल्था गरिदिए
जिन्दगी के नै रहेछ र निदायो सकियो
उसले आफ्नै जिन्दगी मधुशाला बनायो
आफैं पियो अरुलाई पिलायो सकियो ।
‘नमिता बरालको प्रकाशोन्मुख गजल सङ्ग्रह ‘आँगन’बाट’