Logo

विश्वकपको खेलमा पेनाल्टिको कस्तो योगदान रहन्छ ?



काठमाडौँ, ३ साउन । रुसमा भएको विश्वकप प्रतियोगिताअघिका विश्वकपहरूको इतिहास हेर्दा २६ पटक पेनाल्टी भएका छन्। सन् १९७८ यता पेनाल्टीको व्यवस्था सुरु भएको हो। सन् २०१८ अघि भएका पेनाल्टीमा २४० पटक प्रहार भए। त्यसमध्ये १७० मा गोल भयो। त्यो भनेको १० वटा प्रहार गर्दा सातवटामा गोल हो।

तल र गोलकिपरको देब्रेतिर हानिएका पेनाल्टी सबैभन्दा सफल देखिएको फुटबलबारे विश्लेषण गर्ने अप्टाले जनाएको छ।तर तल र गोलपोस्टको बीचमा हानिएका पेनाल्टीको सफलताको दर ५८ प्रतिशतमात्रै छ । यदि खेलाडीले गोलपोस्टको बीचमै बल हान्ने निर्णय गर्‍यो भने केही उचाइमा हान्नु उपयुक्त हुन्छ।उचाइमा र मध्यभागमा हानिएका १५ वटा विश्वकप पेनाल्टी कुनै पनि गोलकिपरले रोकेका छैनन्।

अप्टाको आँकडाले उचाइमा हानिएका र मध्यभागको दुवै दिशातिर हानिएका पेनाल्टी ९० प्रतिशत सफल रहेको देखाउँछ। तर त्यस्ता पेनाल्टी गोलपोस्टभन्दा माथि जानसक्ने खतरा भने रहन्छ।

यो पनि पढ्नुहोस्

विश्वकप विजेतालाई सर्वोच्च सम्मान

विश्वकपको पीडा भुल्न मेस्सीले अपनाए यस्तो उपाय

को हुन ति दर्शक जसलाई विश्वकपको फाइनल चलिरहेको बेला मैदानमा छिर्दा जेल सजाए सुनाईयो ?

जस्तो, सन् १९९४ मा इटलीका रोबर्टो बाजियोले पेनाल्टी त्यसरी नै गोलमा परिणत गर्न नसक्दा ब्रजिलले विश्वकप जित्यो।यसपटकको रुसमा भएको विश्वकपमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो। तर पेनाल्टीमा सबैभन्दा सफल इतिहास जर्मनीको रहेको छ।

सन् १९८२ मा फ्रान्सविरुद्धको सेमीफाइनलमा एउटा पेनाल्टी गोल नभएको बाहेक अहिलेसम्म जर्मनीले पेनाल्टीमा असफलता बेहोर्नुपरेको छैन।त्यसयता आफू संलग्न चारवटै पेनाल्टी उसले जितेको छ।

इंग्ल्याण्डको पेनाल्टी इतिहास सबैभन्दा खराब देखिन्छ। रुस विश्वकपअघि आफू संलग्न तीनवटा पेनाल्टी सबैमा उसले हार बेहोरेको छ। पेनाल्टीलाई कैयौंले चिठ्ठाको रुपमा पनि हेर्छन्।

टस जितेर पहिले पेनाल्टी हान्ने टोलीले ६० प्रतिशत अवस्थामा जितेको आँकडा छ । आठौं स्थानमा हानिएको पेनाल्टी सबैभन्दा बढी असफल भएको अध्ययनहरूले देखाएका छन्।

सबैभन्दा सफल चाहिँ पाँचौं स्थानमा हानिएको पेनाल्टी देखिन्छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्