Logo

घाइते प्रहरीलाई काठमाडौँ रिफर



बाँके, ४ साउन । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो ।

घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।उनका अनुसार घाइते आचार्यलाई उपचारका लागि बिहीबार जुम्लाबाट नेपालगञ्ज ल्याइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्