Logo

बंगलादेशमा पहिलोपटक नेपालीद्धारा दन्त शिविर सम्पन्न



काठमाडौं, ४ साउन । बिहिबार बंगलादेशको ढाका स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका डेन्टल यूनिटका डॉक्टरहरूले निःशुल्क दन्त शिविरको आयोजना गरेका छन् ।

ढाका खिलखेत स्थित कूर्मिटोला हाई स्कूल एन्ड कलेजमा संचालन भएको शिविरमा ६ वटा डेन्टल कलेजका ४५ जना डाक्टर र बिल्टअप अवेरनेस संस्थाका १० जना डाक्टर गरि ५५ जना डाक्टरहरूको उपस्थिति रहेको थिए । शिविरमा ४०० जनाको सफलतापुर्वक दन्त परिक्षण गरि उपचार गरिएको कार्यक्रम संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष रमन कार्कीले बताए ।

कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावासका डेप्युटी चीफ़ धन बहादुर ओली, बिशेष अतिथिमा बिल्ट अप अवारनेसका सभापतिकासाथ साथै स्कुल प्रशासन एवं अन्य डाक्टरहरुको उपस्थिति रहेको थियो ।

बंगलादेशमै पहिलोपटक नेपाली बिधार्थीहरु द्वारा आयोजना गरिएको यस शिविरलाई सम्बोधन गर्दै नेपाली राजदुताबासका प्रतिनिधि धन बहादुर ओलीले आयोजकको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यमा अगाडी बढ्न हौसला दिएका थिए ।

शिविरमा आयोजक संस्था बाट उपाध्यक्ष रमन कार्की ,सचिब सयिन लाल प्रधान,सदस्यहरुस्मेघा केसी ,जेनिया राइ,श्वेता शर्मा ,पुरुषोतम पाण्डे ,अविनाश सहनी एवं बिल्ट अप अवारनेसका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । शिविरलाई मेडी प्लस र एवेरेस्ट टुर्सले प्रायोजन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्