काठमाडौं, ४ साउन । म्यानचेस्टर युनाइटेडका विश्वकप विजेता खेलाडी पाउल पोग्वा विश्वका चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डो र मेस्सीको स्तरमा पुगेको पोग्वाका सहकर्मी जाल्टन इब्राहिमोभिचले बताएका छन् ।
म्यान्चेस्टर युनाइटेडका पूर्वखेलाडी ३६ वर्षीय इब्राहिमोभिचले बीबीसीसँगको कुराकानीमा पोग्वा विश्वका स्टार खेलाडी बराबरी भएको बताएका हुन् । विश्व चर्चित फुटबल हस्ती बार्सिलोनाका स्टार लियोनल मेस्सी र पूर्व रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डोसँग तुलना गरेका हुन् ।
उनले भनेका छन् ‘पोग्वा अझै धेरै गर्न सक्छन् । उनले आफ्नो खेलमा सुधार ल्याउन सक्छन् । अझै धेरै खेल्न सक्छ किनकी उनी युवा छन्,’ इब्राहिमोभिचले भनेका छन् । बीबीसी