Logo

नवलपरासी छोटी भन्सारमा ८ करोड राजश्व संकलन



नवलपरासी, ४  साउन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-०७५ मा ८ आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।

आव २०७३-७४ मा पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३-७४ को तुलनामा आव २०७४-७५ मा  तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्