Logo

इन्जिनियर खड्काविरुद्ध मुद्दा दायर



काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुडुवा गाँउपालिका बाँकेका इन्जिनियर तेजराज खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खड्कामाथि माटो पटान तथा ग्राबेल सडक निर्माणका लागि प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको आयोगले जनाएको छ ।

आयोगको टोलीले इन्जनियर खड्कालाई घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगो असुल गरी कैद सजायको माग गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्