Logo

रास्कोट नपामा १५ सैयाको सामुदायीक अस्पताल बन्ने



विश्वनाथ सिम्खाडा: कालिकोट, ५ साउन । जिल्लाको रास्कोट नगरपालिकामा १५ सैयाको सामुदायीक अस्पताल निर्माण हुने भएको छ ।नगर कार्यापालिको पुर्ण वैठकले नगरपालिका भित्र सामुदायीक अस्पताल स्थापनाका गर्ने निर्णयसंगै अस्पताल खोल्न अनुमति प्रदान गरेको केही महिना पछि शुक्रबार एक कार्यक्रमको आयोजना गरी सामुदायीक अस्पतालका बिषयमा छलफल भएको नगरका प्रवक्ता टक्कबहादुर फर्सालले जानकारी दिएका छन् ।

नगरप्रमुख काशिचन्द्र बरालको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा अस्पताल स्थापनाका लागि गठित कार्यसमितिका अध्यक्षत तुलाराज सिम्खाडा, मुकुल ढकाल, प्रिंका शाही, कविन मलेखले अस्पतालको आकार, वनावट र ब्यवस्थापनका बिषयमा जानकारी दिएका थिए ।

अस्पाताल स्थापना सञ्चालनका बिषयमा रास्कोट नगरपालिका भित्र रहेका तीन वटै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मि, स्थानियतहमा सक्रिय रहेका राजनितिक दलका प्रतिनिधि, वडाका अध्यक्ष, नगर कार्यपालिकाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

नगरपालिकाले नागरिकहरुको स्वास्थ्य सेवामा पहँचपु गाउनका लागि रास्कोट सामुदायीक अस्पताल खेल्ने निर्णय यस अघिकै वैठकमा गरी सिफारिस गरेको थियो । त्यसको तयारी र बिज्ञहरुको टोलीको खोजि पछि रास्कोटमा आएर अस्पतालका बारेमा जानकारी दिन उक्त कार्यक्रम राखिएको अध्यक्ष तुलाराज सिम्खाडाले जानकारी दिए ।

हामीले नागरिकहरुको सेवामा बिषेश ध्यानदिने मनसायकासाथ अस्पताल खोल्ने योजना बनाएका छौ । यसकालागी सहयोगको खाँचो रहेको बताए ।

रास्कोट सामुदायीक अस्पताल अर्ध सरकारी जस्तै हुने भएको छ । रास्कोट नगरपालिकाले अविभावकको भुमिका खेल्ने छ भने कार्यसमितिले यसको ब्यवस्थापन गर्ने भएको छ । तत्काललाई रास्कोट सायुमदायिक अस्पतालको भावन नभएकाले आयुर्वेधिक अस्पतालमा सेवा सुरु गर्ने अध्यक्ष सिम्खाडाले बताए ।

अस्पताल स्थापनाका लागि रास्कोट नगरपालिकाले २० लाख कर्णालीप्रदेशले पनि केही बजेट बिनियोजन गरेको छ । अस्पताल स्थापनाका लागि सिम्खाडासंगै नगर भित्रका केही वडा अध्यक्ष, कार्यापालिका सदस्य, स्वास्थ्यक्रर्मि र केही गैरसरकारी सस्थामा आवद्ध ब्यक्ति सम्मेलित समिति रहेको छ । यो समितिले आफ्नै स्वामित्वमा अस्पताल सञ्चालन गर्ने छ भने सहयोग बिभिन्न निकायबाट माग्ने छ ।



प्रतिक्रिया दिनुहोस्