काठमाडौँ,५ साउन । सम्पन्न रसिया विश्वकप फुटबल प्रतियोगिताको समापनसंगै धेरै जसो खेलाडी आ–आफ्ना क्लबका नियमित प्रशिक्षणमा फर्कीसकेका छन । यहाँ यस्तापनि खेलाडी बाँकि रहेका छन जो अझै पनि बिदामा रमाईरहेका छन् । तिनै बिदा मनाउने खेलाडीमध्ये एक अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि छन । रसिया विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको अर्जेन्टिनाका कप्तान मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग स्पेनमा रोमान्स गरिरहेका फोटोहरु समाजिक संजालमा भाईरल बनिरहेका छन ।
अक्सर मेसी बाहिर रमाइलो गर्न जाँदा सकेसम्म फाब्रिगास परिवारलाई पनि साथ लैजाने गर्छन् । यसपटक फाब्रिगास प्रशिक्षणमा व्यस्त रहेकाले उनकी श्रीमती डानिएला मात्र नाइट क्लबमा साथ दिन पुगेकी हुन् । विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि मेसी आफूलाई फ्रेस बनाउन लामो बिदामा रहेका छन ।
ब्रिटिस मिडियाले बिहीबार मेसी र रोकुजो बार्सिलोनाको एक नाइट क्लबमा झुल्किएको तस्विरहरु सार्वजनिक गरेको छ त्यहाँ उनीहरूले २ घन्टा समय खर्चिएकोपनि उस्ले उल्लेख गरेको छ । मेसी परिवारलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा संगै देखिएकि छिन । डानिएला र रोकुजो बच्चैदेखिका साथी हुन् ।
यो पनि पढ्नुहोस्
मेस्सिको खेलमा दर्शकको नाराबाजी
विश्वकपको पीडा भुल्न मेस्सीले अपनाए यस्तो उपाय
स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसी तत्कालै बार्सिलोनाको क्पाम्पमा आबद्ध नहुने देखिन्छ । यो समय उनी परिवारसँगं बिताउने योजनामा रहेको अनुमान लगाउन सकिन्छ । यसपटक मेसीले स्पेनिस लिगमा प्रमुख प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । गत साता रोनाल्डो १० करोड पाउन्डमा रियल म्याड्रिड छाडी सिरिए क्लब युभेन्टसमा आबद्ध भैसकेका छन । एजेन्सि