Logo

डा. केसीलाई बिना सर्त वार्तामा आउन सरकारको आव्हान



काठमाडौं ७ साउन । विगत २२ दिनदेखि अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले नि:र्सत वार्तामा आउन आव्हान गरेको छ । शनिबार वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ती प्रकाशित गरी वार्तामा आउन आग्रह गरेका हुन् ।

‘सरकारी वार्ता टोली डा. केसीको माग वार्ताबाटै सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ससर्त वार्ता हुँदैन, निर्सत जुन कुनै बेला वार्ता गर्न तयार छौं ।’

सरकारी टोलीले डा. केसी पक्षको वार्ता टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्तामा नबस्ने भनाइका कारण वार्ताले गति लिन नसकेको हो ।’ केसी पक्षको टोलीले उक्त अडान छाडेर वार्तामा आउनुपर्ने सरकारी वार्ता टोलीको भनाइ छ ।

केसी पक्षको वार्ता टोलीको सोही अडानका कारण जीवनरक्षाका लागि उनलाई सरकारले जुम्लाबाट काठमाडौंं ल्याएको सरकारी वार्ता टोलीको दाबी छ । सरकारले असार ३२ गते बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता कमिटि गठन गरेको थियो । ३ पटक वार्ता भएपनि सकारात्मक हुन नसकेको संयोजक बरालले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्