काठमाडौँ, ६ साउन । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ८२ वर्षिय भरत सिंहको उपचारका क्रममा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।
सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थिए । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गर्नुभएको थियो । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उहाँलाई निमोनिया रोग पनि देखिएको थियो ।
उनको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिईन । सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका तीन छोरा छन ।सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जानकारी दिएको छ ।