काठमाडौं, ६ साउन । नायिका शान्ति सापकोटालाई एक गाँठवालाले प्रश्न गर्छन्, ‘तिमि कति हजारको साडी लाउँछ्यौ रु बैंकभरी मेरो पैसा छ ।’ साडीको सिजन अझ भनौँ तीजको सिजनमा गाँठवालाको प्रश्नले शान्ति मख्ख हुन्छिन् ।
उनै शान्ति हुन्, जसले यसअघि केही चलचित्र, थुप्रै टेलिचलचित्र, गीतहरुमा आफ्नो नायिकाको छबि बनाएकी छिन् । उनै शान्ति हुन् जसले थुप्रै तीज गीतहरुबाट आफ्नो गायिकाको छबिसमेत बनाएकी छन् । हो उनै शान्तिलाई यसपटकको तीजमा कसैले अफर गरेको छ साडीको । साडीको अफर गर्ने व्यक्ति पनि गायकै हुन्, विजय तिखातरी ।
सन्दर्भ तीजकै हो । हरेक वर्षको तीजमा नयाँ प्रस्तुती ल्याएर आफूलाई गायिकाको रुपमा अब्बल बनाएकी शान्तिले विजयसँगको सहकार्यमा यसपटकको तीजलाई पनि सुगन्धित पार्ने प्रयास गरेकी छन्, तिमी ब्युटीफुल तीज गितबाट ।