Logo

सदर चिडियाखानामा नयाँ प्रविधि भित्रिदै



ललितपुर, ६ साउन । जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ ।

नेपालको एक मात्रै चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताएका छन । आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् ।

प्रवेशद्वार नजीकै सूचना कक्ष हुने छ ।
उनले भने, “कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् ।” दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उनले जानकारी गराएका हुन । मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरका बारेमा जानकारी पाउन सक्नछन् ।

उनले भने “कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् ।” सूचना कक्षमा केही समय बिताउँदा अध्ययन÷अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् । जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् ।

त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्