काठमाडौं, ६ साउन । केही दिनदेखि सडक तताईरहेको काँग्रेस निकट यूवा मोर्चा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयलाई तालाचाबी बुझाएको छ ।
देशभरका प्रशासन कार्यालय घेराउ गरी साङ्लो ताला उपहार दिने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई तालाचाबी बुझाएको महामन्त्री भूपेन्द्रजंग शाहीले जानकारी दिएका छन् ।
राजधानीको माइतीघरदेखि जिल्ला प्रशासन कार्यालय बबरमहलसम्म नारा जुलुससहित तरुणदलका नेता कार्यकर्ताले तादाचाबि बोकेर सरकारको बिरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ताल्चा हस्तान्त्रण गरेको बताउँदै महामन्त्री शाहीले भने,‘वर्तमान सरकारले अरु कसैलाई नदेख्ने र बोल्न भन्ने नदिने, प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने गरेको छ, नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारलाई हामीले सचेत गराउने उद्देश्यले बिरोध स्वरुप हामीले प्रधानमन्त्रीलाई तालाचाबी पठाएका छौं ।’
तस्बिर-मुकुन्द कालिकोटे