Logo

हिन्दु धर्म र भियतनाम



काठमाडौँ, ६ साउन । दक्षिण पूर्वी एसियाली मुलुक भियतनाममा केही परम्परागत कुरा बाँकी रहे पनि धेरै थोक बदलिसकेको छ।

२,००० वर्ष लामो इतिहास भएको चम समुदाय बाँकी छ। तर त्यहाँ हिन्दु धर्म सकिने संघारमा पुगेको छ। चम्पा क्षेत्र प्राचीन समयमा हिन्दु राज्य र हिन्दु धर्मको केन्द्र थियो।चम्पा क्षेत्रमा बाँकी रहेका केही मन्दिरहरू यो कुराको प्रमाण हुन् कि त्यहाँ कुनै समय हिन्दु धर्मको वर्चस्व थियो। त्यहाँको स्थानीय चम समुदायको शासन दोस्रो शताब्दीदेखि १८ औँ शताब्दीसम्म थियो।

चम समुदायका अधिकांश मानिस हिन्दु थिए। कालान्तरमा उनीहरूमध्ये कतिपयले बौद्ध धर्म र कतिपयले इस्लाम धर्म अपनाए।यहाँको हिन्दु समुदाय खुम्चिँदै गएको देखिन्छ। हामी सो समुदायका मानिसहरूलाई भेट्न मीन्गेप गाउँ पुग्यौँ।राजमार्गदेखि केही किलोमिटरभित्र पर्ने उक्त गाउँ निकै सानो थियोदिउँसोको समय थियो। एउटा घरबाहिर टाउकोमा कपडा बाँधेका र कुर्ता लगाएका एकजना युवा इनरा जाका फोनमा कसैसँग कुरा गरिरहेका थिए।

भान्सामा खाना पाकिरहेको थियो। उनको भाषा भियतनामी भाषाभन्दा फरक थियो। फोनमा कुराकानी सकेपछि ती युवकले हाम्रो स्वागत गरे। उनले आफ्ना बुबासँग चम भाषामा कुराकानी गरिरहेको बताए।घरबाहिर खाना खाने तयारी थियो। ढोकामा एकदुईवटा मूर्ति थिए।

इनरा जाका र उनका बुवा इनरा सारा हिन्दु धर्मावलम्बी हुन्, जसका पूर्वजहरू सदियौँ पहिलेदेखि त्यहाँ बसेको उनीहरू बताउँछन्।यी बुबा(छोराको काम हिन्दु धर्मलाई बाहिरी प्रभावबाट बचाउनु र चम संस्कृतिलाई जोगाउनु मात्रै होइन, यो प्रक्रियामा चम समुदायको गुमेको कला र साहित्यको खोज गर्नु पनि हो।इनरा सारा चम भाषाका कवि र उपन्यासकार पनि हुन्।

उनले निकै मेहनतका साथ चम साहित्यका पुराना कविहरूको खोजी गरेका छन् र उनीहरूका कविता छपाएका छन्।
उनी भन्छन्, मैले आफ्नो समुदायको स्वर्णिम कालबारे निकै सुनेको छु, जसमा केही वास्तविकता छ भने केही कल्पना। बाल्यकालमा मैले मेरा शिक्षक तथा आफन्तबाट धेरै कुरा सुनेको छु। ठूलो हुँदै गएपछि मेरा सम्झनाका दुईथरीका दुनिया समानान्तर रूपमा अघि बढे एउटा कल्पनामा आधारित र अर्को तथ्यमा आधारित।

बुबा चम समुदायको साहित्यलाई पुनर्जीवित गर्न लागिपरेका छन् भने छोरा चाहिँ हिन्दु धर्म बचाउने अभियानमा जुटेका छन्। यो प्रयासमा उनीहरूले कैयौँ पटक भारतको भ्रमण समेत गरिसकेका छन् र एक पटक विश्व हिन्दु सम्मेलनमा भाग पनि लिइसकेका छन्।इनरा जाका भन्छन्, ूभारतबाट प्रेरणा लिएर म हिन्दु धर्मबारे यहाँ जानकारी दिने काम गर्छु। तर यहाँको हिन्दु धर्म भारतमा भन्दा फरक छ।

हिन्दु धर्मका कुन कुन परम्परा र रीतिरिवाज त्यहाँ अझै बाँकी छन् त भन्ने जिज्ञासामा इनरा जाकाले भने, ूहामीले शिवलिङ्ग आकारको चट्टानको पूजा गर्थ्यौँ भन्ने कुरा हजुरआमाबुबा र आमाबुबाबाट सुनेको हो। हामी अहिले पनि शिवभक्त हौँ। हाम्रो मन्दिर शिव मन्दिर नै हो।ूभियतनामका तीनवटा प्रान्तमा गरी चम समुदायको जनसंख्या १ लाख ७० हजार छ र त्यसमध्ये एक लाखभन्दा बढी हिन्दु छन्।

चम्पा क्षेत्रमा जम्मा चारवटा मन्दिर छन्, जसमध्ये दुईवटामा अझै पूजाआजा हुने गर्छ। रामायण, भागवत गीता वा महाभारत पढ्नुभएको छ भन्ने जिज्ञासामा इनरा जाकाले भने,हाम्रो समुदायमा ती धार्मिक ग्रन्थहरू अहिले पाइँदैनन्। तपाईँ भन्न सक्नुहुन्छ हामीले ती ग्रन्थहरू गुमाइसक्यौँ। ती ग्रन्थहरू हाम्रा पूजारीहरूसँग पनि छैनन्।ूउनले थपे,हाम्रो समुदायको युवा पुस्ता हिन्दु धर्मको अस्तित्वसँग खासै परिचिति छैन।

एउटा जमाना थियो मिन्ह जस्तो भियतनामको दक्षिणी शहरमा हिन्दुहरूको ठूलो संख्या थियो।त्यहाँ केही पुराना र केही फरक समुदायका आमा वा बुबाबाट जन्मिएका हिन्दुहरू अहिले पनि छन्।

१८ औँ शताब्दीमा निर्मित मन्दिरको रेखदेख गर्दै आएका मुतैय्याका पूर्वजहरू भारतको तमिलनाडुबाट भियतनाम गएका थिए र त्यतै बिहेवारी गरे। उनको परिवार अहिले पनि हिन्दु धर्म मान्छ।

मुतैय्याले भने, ूमलाई मेरो बुबाले पूजा गर्न सिकाउनुभएको हो। उहाँले मलाई श्लोकहरू पनि कण्ठ गराउनुभयो। मलाई मन्दिरबारे सबैकुरा थाहा छ।ूयो शहरमा अरू पनि दुइटा मन्दिर छन्, जहाँ भारतबाट आएका मानिसहरू पूजा गर्छन्।

उनीहरूमध्ये कतिपय चम हिन्दुबारे आफूहरूले सुनेको बताउँछन्। चम समुदायका मानिसहरू अहिले आफ्नो धर्म र संस्कृतिलाई बचाउन प्रयासरत छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्