काठमाडौँ, ८ साउन । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको बिरामी रहे पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको समाचारहरुमा जनाइएको छ ।
पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग,¬ नवाज पिएमएल–एन ले सोमबार सो जानकारी दिएको छ ।पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस्
निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना
पाकिस्तानमा जारी चुनावको बारेमा जान्नैपर्ने पाँच कुरा
पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी विमानस्थलबाटै पक्राउ
यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो ।शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।
उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ ।सरिफले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन ।
उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो ।श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा रहेका थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित भएको बताइएकोे छ । एजेन्सि