Logo

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प किन “अत्यन्त खुशी” ?



काठामाडौँ, ८ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन ।

अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताएका हुन ।“नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्पले जानकारी गराएका छन ।

उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको जानकारी गराएका हुन ।

तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाई रहेको छ । आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उनले जानकारी दिएका छन।

“त्यो गलत हो, म भने अत्यन्त खुशी छु” उनले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भनेका छन । एजेन्सि



प्रतिक्रिया दिनुहोस्