Logo

छोटी भन्सार र त्रिवेणी दुम्किबास सडकमा प्रदेशको प्राथमिकता– मुख्यमन्त्री गुरुङ



नवलपरासी, ८ साउन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताएका छन ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आएका मन्त्री गुरुङले आज बिहान स्थानीयवासीलाई भेटघाट क्रममा यस्तो बताएका हुन।

सो क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धिका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइसकेको जानकारी गराए ।

यसै क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणीको छोटी भन्सारसहित त्रिवेणीका समुदायका वैकल्पिक बाटोमा रुपमा रहेको त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी गराए।

त्रिवेणी धाम विकास सम्भावनासहित यसको चौतर्फी विकासबारे मुख्यमन्त्री गुरुङले स्थानीयवासीसँग जानकारी लिएका थिए । सो क्रममा स्थानीयबवासीले यस क्षेत्रको समस्या विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएको त्रिवेणी गाउँपलिका डम्बरबहादुर जिशीले बताएका छन। रासस



प्रतिक्रिया दिनुहोस्