Logo

डा.केसीको अनसनबारे बालुवाटारमा बैठक जारी



काठमाडौं, ८ साउन । विगत २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीको अनशन र उनको समर्थनमा भईरहेका बिरोधका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा वैठक बसिरहेको छ ।

हाम्रा फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार वैठमा प्रधानमन्त्री केपी शर्मा ओली, मेडिकल काउन्सीलका अध्यक्ष धर्मकान्त बास्कोटा र माथेमा आयोग प्रतिवेदनका संयोजक केदार भक्त माथेमा उपस्थित छन् ।

आजभन्दा २५ दिन पहिले कर्णाली प्रदेशको जुम्लामा पुगेर डा.केसीले चिकित्सा शिक्षा विधेयकसँगैं, जुम्ला, दाङ र कैलालीमा स्थापना भएका तर सेवा सूचारु नभएका मेडिकल कलेजमा सेवा विस्तार गर्न माग गर्दै अनसन बसेका थिए ।

सरकारले केसीको जीवन रक्षागर्न भन्दै साउन ३ गते हेलिकप्टर मार्फत जुम्लाबाट काठमाडौं ल्याएको थियो । जुम्लामा केसीको स्वास्थ्य अवस्था कम्जोर बन्दै गएको र आईसियु नभएको कारण देखाउँदै सरकारले केसीलाई बलप्रयोग गरेर काठमाडौं ल्याएको थियो ।

डा.केसीले जुम्लाबाट आफूलाई अपहरणको शैलीमा सरकारले काठमाडौं ल्याएको भन्दै शिक्षण अस्पताल महाराजगंजको कुनै पनि सेवा नलिने अडानमा छन् । प्रधानमन्त्री ओलीलेस्वयम आफै वार्ता गर्ने बताउदै अनशनरत डा.केसीलाई अनसनर तोड्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्