Logo

शिलु र खुमनको स्वरमा ‘चम्किए तरुनी-तन्नेरी’ भिडियो सहित



काठमाडौं, ८ साउन । नेपाली नारीहरुको महानचाँड हरितालिका तीज आउन ठिक एक महिना २२ दिन अझै बाँकि छ । तर कलाकारहरु तीजका भाकाहरु बजारमा पठाउनमा व्यस्त देखिन्छन् । केही कलाकारहरुका तीजगीतहरु युटुवमा १० लाख भन्दा बढि भ्युज गईसकेका छन् ।

यसै क्रममा गायिका शिलु भट्टराईले यसपालिको तीजलाई लक्षित गर्दै करिब एक दर्जन तीजका भाकामा स्वर दिएकी छन् । लोकप्रिय सर्जक रमेश बिजिको शब्द तथा खुमन अधिकारीको लयमा तयार पारिएको ‘चम्किए तरुनी’ बोलको गीतमा गायिका भट्टराई र गायका खुमन अधिकारीले आवाज दिएका छन् ।

क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको गीतका दृश्यहरु अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन । गीतमा जमेश र लोसियाको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=IYOs2c6R4dc



प्रतिक्रिया दिनुहोस्