धनगढी, ८ साउन । कैलालीको भजनी नगरपालिका–९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भजनी नगरपालिका—९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दुराजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताएका छन।
चन्दका अनुसार घटना साउन ४ गते रातिको भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको हो। मादकपदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकोमा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिमारीएको अनुसन्धानबाट खुल्न आएको जनाईएको छ ।
हत्या गरीएका उनलाई घरदेखि झण्डै एक किमीको दूरीमा रहेको प्रतीक्षा सामुदायिक वन परिसरमा खाल्डो खनी शव गाडिएको उनिहरुले प्रहरीसंगको सोधपुछकाक्रममा बताएका छन ।
प्रहरी टोलीले गाडिएको शव आज उत्खनन गरी परीक्षणका लागि टीकापुर अस्पताल पु¥याएको छ ।रासस