Logo

ओलीको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निधिको निर्देशन



काठमाडौं, ९ साउन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाईरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई निर्देशन दिए ।

विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले यस्तो निर्देशन दिएका हुन् । उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरितका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए ।

उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्