Logo

एलिना र जय किशन गोसाईंकुण्डमा यस्तो स्थितिमा भेटिए !



काठमाडौं,१० साउन । नेपाली चलचित्र क्षेत्रका सेलीब्रेटीहरुका बारेमा चल्ने गरेका वास्तविक र काल्पनिक चर्चाहरु पनि गसिप बन्ने गरेका छन् । यस्तै हाल सिने नगरीमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीबीचको चर्चाले पनि गसिपको रुप लिएको छ । नायक बस्नेत र नायिका रायमाझीको बिवाहको हल्लाले यस्तो रुप लिएको हो ।

हाल चलचित्र धुम ३ को डबिङ कार्यमा व्यस्त छन् नायक जय किशन बस्नेत अनि यसै चलचित्रबाट नायिकामा डेब्यु गर्दै छिन् नायिका एलिना रायमाझी ।

एक्सन, लभस्टोरी, हाँस्य तथा मानवीय दैनिकीमा आधारित विषय वस्तुलाई समेटेर बनाईएको चलचित्र धुम ३ को छायाँकन क्रममा केही समय अगाडी उक्त युनिट गोसाईंकुण्ड गएको थियो । चलचित्रको दृष्य कैद गर्नको लागी उक्त स्थानमा गएको भनिए पनि युनिट उपत्यका फर्किना साथ अर्कै हल्ला चलेपछि सबैलाई चकित बनायो ।

यो हल्ला थियो डेब्यु नायिका रायमाझी र नायक बस्नेतको बिवाह प्रसंग । अझ १०७ वटा चलचित्रमा अभिनय गरेर निरन्तर सफल नायक बस्नेतले नायिका रायमाझीसँगै पहिलो पटक तीजको गीतमा कम्मर मर्काएपछि भने हल्ला गर्नेहरुले सजिलै अड्कल काट्न पाई हाले अनि विभिन्न अनलाईनहरुमा यो विषय भुसको आगो झैं फैलियो ।

आफु अभिनित टेलिचलचित्र शेरेले हसाउँछ हुँदै आफ्नो चलचित्र धुम ३ र पछिल्लो तीज गीत नक्कले भिनाजु २ मा समावेश चर्तिकला नक्कलेसम्म निरन्तर नायिका रायमाझीसँगको जोडी नछुट्नुलाई सञ्चारकर्मीले आफ्नो गसिपको आधार बनाएका छन् ।

चलचित्र धुम ३ को प्रदर्शन मिति नजिकिदै जाँदा आएको यस्तो हल्लाको बारेमा नायक बस्नेतसँग जिज्ञासा राख्दा आफ्नो कर्म, धर्म र मर्म समेत नेपाली चलचित्र भन्दा बाहिर नभएकोले यस बाहेक अन्य कुरामा आफ्नो ध्यान नगएको र नखाएको विषले आफुलाई नछुने बताए ।

जय किशनको सफलताको यात्रामा कहाँ छिर्के हान्न पाईएला भनेर बाटो ढुक्नेहरुले आफ्नो अनलाईनको टिआरपी बढाउँन र फुर्सदको समय ब्यतित गर्न यस्तो हतकण्डा अपनाएको उनको प्रतिक्रिया रहेको छ ।

सञ्चार माध्यममा आएका समाचारका बारेमा भ्रम फैलाउँन खोजेको भन्दै विभिन्न समयमा कलाकार र पत्रकारहरुको बिवाद हुँने गरेको भएता पनि बस्नेत र रायमाझीको यो हल्लाले कुन रुप लिन्छ त्यो भने भोलीका दिनले देखाउँने छ ।



प्रतिक्रिया दिनुहोस्