Logo

प्रदर्शनमा उत्रिएका दर्जनौं चिकित्सक प्रक्राउ, डा.केसीको जीवन रक्षा गर्न माग



काठमाडौं, १० साउन । विगत २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागलाई सम्बोधन गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकहरु प्रकाउ परेका छन् ।

डा.गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगंज अगाडिको सडकमा प्रर्दशन गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढन खोजेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनुअघि दुई पक्षबीच झडप समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्