Logo

इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने



काठमाडौं, १० साउन ।  सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ। सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो।

साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी व्यवस्था भएपछि ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

यसअघि साउन ४ गते अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट व्यान्डविथको मूल्य घटेको तथ्यलाई मध्यनजर गरी लागत विश्लेषण गर्न एक समिति गठन भएको थियो। सो समितिले दिएको सुझावका आधारमा इन्टरनेटको मूल्य नबढाउनेगरी समायोजन हुने भएको हो।



प्रतिक्रिया दिनुहोस्