Logo

मन्त्रिपरिषद् बैठक आजदेखि कागजबिहीन, सबै मन्त्रीलाई म्याकबुक !



काठामाडौं ११ साउन । सरकारले मन्त्रिपरिषद्को बैठकलाई  देखि कागजबिहीन बनाएको छ । योसँगै अब मन्त्रीहरु बैठकमा कागजका ढड्डा र फाइलहरु बोकेर जानुपर्ने बाध्यताको अन्त्य पनि भएको छ । सरकारले सूचना प्रविधिको भरपुर उपयोग गर्ने रणनीति अनुसार बैठकलाई ‘पेपर लेस’ बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार अब मन्त्रिपरिषद्का सबै निर्णयहरु म्याकबुकमार्फत् गरिनेछ । मन्त्रीहरुले समेत अनिवार्य म्याकबुकको प्रयोग गरेर मन्त्रिपरिषदका निर्णयलाई सुरक्षित गर्नेछन् ।

मन्त्रीहरुले आफ्नो मन्त्रालयका प्रस्तावहरु पनि म्याकबुकबाटै प्रस्तुत गर्नुपर्ने भएको छ । आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै मन्त्रीहरु म्याकबुकसहित उपस्थित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्