Logo

तीजभाका ‘माईती घर’ सार्वजनिक-भिडियो सहित



काठमाडौं, ११ साउन । लोकप्रिय सर्जक रमेश बिजिको शब्द रचना तथा लोकप्रिय गायक बद्री पंगेनी र सिता श्रेष्ठको स्वरमा ‘माईती घर ‘ बोलको तीजभाका सार्वजनिक गरिएको छ । राजधानीको लैनचौर स्थित दरबार रोधी क्लबमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर बिमोचन गरिएको हो ।

पहिले पहिले नारीहरुको पहिचानको रुपमा रहेको तीज पर्व सबै भन्दा लामो समय मनाईने पर्व पनि हो । नेपाली नारीहरु साउने झरी र भदौरे झरीसँगै तीजका भाकाहरु हालेर गाउँने, नाच्ने र रमाउने गर्दछन् ।

यो पनि पढ्नुहोस्

बद्री र गीताको स्वरमा ‘जमुना-मोतिराम’-भिडियो सहित

कमल सरगमको भाका रहेको गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन । रमा थपालिया, रश्मी भट्ट, महेन्द्र गौतम, रमेश र बाल कलाकारको रुपमा कृपा चौलागाईले गीतमा अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्