Logo

केसीसँग गरेको सहमतिबारे नेकपाद्धारा आफ्ना सांसदलाई बिफ्रिङ



काठमाडौं, ११ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदहरुलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।

उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत कांग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्