Logo

डाक्टर केसीले दिए धमलालाई बधाई



काठमाडौं, ११ साउन । डाक्टर गोविन्द केसीले पत्रकार ऋषि धमलाले आफूले उठाएका मागहरु सम्बोधन गराउनको लागि सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद तथा बधाई ज्ञापन गरेका छन् ।

आफ्नो अनशनलाई सफल तुल्याउनको लागि पनि धमलाले निरन्तर सकारात्मक भूमिका निर्वाह गरेकोमा डाक्टर केसीले उनलाई धन्यवाद दिएको केसीका वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा केसीबीच नौ बुँदे सहमति भएको थियो । सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए ।

केसी तर्फका वार्ता टोलीका सदस्यहरु डाक्टर अभिषेकराज सिंह, डा.सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालले पनि केसीले उठाएका मागहरु पूरा गराउन पत्रकार धमलाले मिडियाको माध्यमबाट निरन्तर सहयोग गरेकोमा धन्यवाद दिए ।

डा. भण्डारीले भने,‘डाक्टर केसीको यो अनशनलाई सफल पार्नको लागि ऋषि धमलाजीले खेलेको भूमिकाको डाक्टर केसीले खुलेर प्रशंसा गर्नुभयो । जनताको माग पूरा गराउनको र हिजो सरकारसँग समझदारी भयो, मिडियाको तर्फबाट उहाँले धेरै सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ, हामी आभारी छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot