Logo

महेश बाबु मुख्यमन्त्रि बन्न सक्ने



काठमाडौ,११ साउन । दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको तेलुगु फिल्म ‘भरत अने नेनु’ले विश्वभर सानदार कलेक्सन गर्दै चर्चा बटुलेसँगै अब यसको दोस्रो सिक्वेल निर्माण हुने भएको छ । कोर्टाला शिवको निर्देशनमा बनेको यो फिल्म एक राजनीतिक थ्रिलर रहेको थियो जसले संसारभरिबाट करीब २ सय करोडको कलेक्सन गरिसकेको छ ।

फिल्ममा महेश बाबूले भारत रामको भूमिका निभाएका थिए । फिल्ममा उनि एक एनआरआई को रोलमा देखिएका थिए जो आन्ध्र प्रदेशमा फर्किएर मुख्यमन्त्री बन्दछन् । फिल्मले भारतीय राजनीतिमा फैलिएको भष्ट्रचारलाई उजागर गरेको थियो । अब यस फिल्मको सिक्वेल बनाउन युद्ध स्तरमा काम सुरु गरिएको छ ।

स्क्रिप्ट तयार भएसँगै फिल्मको घोषणा गरेर फ्लोरमा जाने तयारी चलिरहेको छ । ‘भरत अने नेनु’ को एक जादुु्ुुुुुसंग सम्बन्धित किताब पनि बजारमा ल्याउने तयारी रहेको छ, जसको लेखनको काम सुरु भइसकेको छ ।

२० अप्रिलमा रिलिज भएको यो फिल्ममा महेश बाबू र कियारा आडवाणीको मुख्य भुमिका रहेको थियो । फिल्मले दश दश दिनभित्रैभारतीय बक्सअफिसबाट १३० करोडको कलेक्सन गरेको थियो र ओभरसीजबाट ३० करोडको व्यापार गर्न सफल रहेको थियो । ‘भरत अने नेनु’ को हिन्दीसहित अरु भारतीय भाषाहरुमा पनि रेकडै गर्ने योजना रहेको छ ।

निर्देशक कोर्टाला शिवले सिक्वेलमा फिल्मको कथा भने फरक हुन सक्ने हुने बताएका छन । करीब ७५ करोडको लागतमा बनेको यस फिल्म युवा मुख्यमन्त्रीको कहानी रहेको थियो , जो पिताको निधन पश्चात् उनको मुख्यमन्त्रिको कुर्सी सम्हाल्न पुग्छन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्