Logo

सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैनः सभापति देउवा



चितवन, ११ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै भने, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उनिहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उनले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उनको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाएका छन ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताएका थिए । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनले आरोप लगाए ।

फरक प्रसंगमा उनले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताएका छन। रासस



प्रतिक्रिया दिनुहोस्