Logo

विकासका कार्यक्रमलाई प्राथमिकीकरणः प्रधानमन्त्री



काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताएका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहँुदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामको वार्षिक प्रतिवेदन बझाउनुभएको हो ।

चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनका लागि भएका काम र उपलब्धि, सरकारी वित्त व्यवस्था र उपसंहार समेटिएको छ ।

उक्त आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयक, २१ नियमावली, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए।

सो कार्यविधिअनुसार संघीय शासन प्रणालीअनुरुपको कानूनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्