काठमाडौं, १२ साउन । आज गुरु पूर्णिमा । आफूलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी देशैभरी मनाइएको छ ।वैदिक धर्मग्रन्थ गुरु वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्ती अर्थात गुरु पूर्णिमाको अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरि मनाएका छन् ।
यसकै अवसरमा नेपाल मानव धर्म सेवा समितिले पनि मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजजी प्रति श्रद्धाभाव प्रकट गर्दै संस्थाको केन्द्रीय कार्यालय गौशाला स्थित प्राङ्गणमा “गुरु पुजा महोत्सव २०७५ भव्य रुपमा सम्पन्न गरेको छ ।
नेपाल सरकार प्रदेश नं.३ का सभामुख सानु कुमार श्रेष्ठ र समितिको केन्द्र प्रमुख महात्मा चमेली बाइजीले संयुक्त रुपमा दिप प्रज्वलन गरिकार्यक्रमको उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले गुरुको प्रेरणा र आत्मज्ञानको प्राप्तीले मात्र हरेक मानिसको हृदय परिवर्तन भई समाज, राष्ट्र र विश्वमा शान्ति, सामाजिक सद्भाव सहिष्णुताको भावना जागृत हुने बताए ।
उनले धर्म, संस्कृतिको संरक्षण र संम्बद्र्धनका लागि सबै एकताबद्ध हुनुपर्ने तब मात्र समृद्धिका लागि सक्षम र नैतिक नयाँ पुस्ता निर्माण गर्नआध्यात्मिक तथा सामाजिक संस्थाहरुको अतुलनिय भुुमिका रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले मानव जीवनलाई सार्थक बनाइ अन्धकारबाट उज्यालो तर्फ, सत्कर्म र सत्मार्ग तिर डो¥याउन गुरुको महिमा, भौतिक जिवन, अध्यात्मर विज्ञानको सम्बन्धमा बताउनु भयो । कार्यक्रममा बाल कलाकारहरुले आध्यात्मिक, चेतनामुलक गीत संगित, भजन तथा नाटकहरु प्रस्तुत गरेका थिए ।