Logo

चिकित्सा शिक्षा विद्येयकले समग्र समस्याको समाधान गर्न सक्दैन् : साउद



काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ, सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले डाक्टर गोविन्द केसीले उठाएको गुणस्तरीय स्वास्थ्य शिक्षाको मागप्रति आफ्नो पार्टी विगतदेखि नै सकारात्मक रही आएको सुनाए । उनले भने,‘डाक्टर केसीको १५ औं पटकको अनशन २७ दिनमा तोडियो । अनशन तोडिएकोमा म धन्यवाद भन्न चाहन्छु।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उपत्यकाभित्र वा बाहिर कहाँ मेडिकल कलेज खोल्ने कुराभन्दापनि तीन करोड नेपाली जनताले ईलाज गर्न पाउनुपर्ने धारणा राखे । उनले भने,‘नेपालमा अब कति वटा अस्पताल आवश्यकत्ता छ ? यो बारेमा सरकारको रोडम्याप के छ ?’

हिमाल, पहाड र तराई सबै ठाउँमा समान स्वास्थ्य सेवा पुर्याउने रोडम्याप चाहिएको उनको भनाई छ । नेता साउदले डाक्र गोविन्द केसीसँग भएको सम्झौता अनुसारको संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयकले अहिलेको समग्र समस्याको समाधान नगर्ने स्पष्ट पारे ।

नेपालबाट चीन, भारत, पाकिस्तान, बंगलादेश र रसिया लगायतका विभिन्न देशमा ठूलो संख्यामा मेडिकल शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जाँदा नेपालको ठूलो लगानी विदेशिएको बताउँदै उनले यसबारेमा सरकार र गोविन्द केसी दुवै पक्ष संवेदनशील बन्नुपर्नेमा ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस्