Logo

‘शिक्षा र स्वास्थ्यलाई व्यवसायीकरण गर्नुपर्छ’ : रायमाझी



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले आएको चिकित्सा शिक्षा विद्येयकले सबै समस्याको हल गर्दैन् । नेता रायमाझीले अहिले मुलुकको समग्र समृद्धिको रोडम्यापको आवश्यकत्ता रहेको पनि औंल्याए । उनले भने,‘अहिले हामीले स्वास्थ्य शिक्षाको मात्रै कुरा उठाउनुहुँदैन । समग्र मुलुकको समृद्धिको रोडम्याप चाहिएको छ । त्यतातिर सबैको ध्यान जानुपर्छ ।’

नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेरमात्रै नहुने उनको धारणा छ । उनले भने,‘उपत्यकाभित्र वा बाहिर मेडिकल कलेज खोल्ने वा नखोल्ने कुरा अहिलेको सवाल होईन । सवाल त उत्पीडित जनताले सर्वशुलभ उपचार गर्न पाउने कुरा मुख्य विषय हो ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण वा निजीकरण नभई व्यवसायीकरण गराउनुपर्ने बताए । उनले भने,‘नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसायीकरण गर्नुपर्छ । विदेशीहरुको लागि पनि नेपाल हब बन्न सक्छ । तर यसको लागि सरकारी र निजी दुवै क्षेत्रबीच प्रतिष्पर्धा हुनुपर्छ ।’

उनले सरकार र गोविन्द केसीबीच भएको हालैको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए ।

फरक प्रसँगमा अहिले नै सरकारको कामकारबाहीमाथि प्रश्न उठाउने बेला नभएकोपनि उनको दाबी छ । उनले भने,‘अझै एक वर्ष सरकारको काम हेर्नुपर्छ । सरकारले राम्रो काम गर्ने कोशिस गरिरहेको छ।’



प्रतिक्रिया दिनुहोस्