Logo

अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय अवार्ड



चितवन, १२ साउन । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
विश्वका ११८ राष्ट्रलाईपछि पार्दै अक्सफोर्डले ‘इन्टरनेशनल स्टार फर लिडरसिप ईन क्वालिटी २०१८’ को स्वर्णपदक प्राप्त गर्न सफल भएको आज नवलपुरको गैँंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य हरि भण्डारीले बताएका छन ।

भण्डारीले नेपालको इतिहासमै पहिलो पटक नेपाली संस्थालाई अवार्ड प्राप्त भएको दाबी गरेका छन । स्पेनमा केन्द्रीय कार्यालय रहेको विजनेश इनिसियटिभ डाइरेक्सन नामक संस्थाले गुणस्तर, नेतृत्व क्षमता र व्यवस्थापन पक्षलाई मूल्यांकन गरेर उक्त अवार्ड प्रदान गर्ने गर्दछ । यसपटकको अवार्ड भने असारको १६ र १७ गते फ्रान्सको पेरिसमा भएको २२औं अन्तर्राष्ट्रिय सम्मेलनमा वितरण गरिएको बताइएको छ ।

सेवा, नयाँ आविष्कार, अनुसन्धान, विकास, निर
न्तरता, शिक्षा, बजारीकरण, नेतृत्व क्षमता र व्यवस्थापन लगायतको आधारमा करीब ९० देशका विज्ञले मूल्यांकन गरी अवार्डका घोषणा गर्ने गर्दछ ।
विसं २०५७ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई कम्युटर साइन्स शुरु गरेको कलेजले विभिन्न तहका कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्