काठमाडौं, १३ साउन । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित दुई दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)को मुख्य आयोजना र आइसिटी फ्रेमको सहआयोजनामा होटल ¥याडिसनमा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ ।