काठमाडौँ, १३ साउन । सात करोड भ्युजको नजिक रहेको नेपाली सिनेमा दुई रुपैयाँमा रहेकको ‘कुटुमा कुटु’ नामक बोलकोगीत युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको रर्कड राख्न सफल भएको छ ।
यो संगै कुटुमा कुटु गीत एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा २२ औँ स्थानमा पर्न समेत सफल भएको छ। यसका गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईले नेपालकै सर्वाधिक प्रतिष्ठित पुरस्कार ‘छिन्नलता प्रतिभा पुरस्कार २०७४’ बाट पुरस्कृत समेत भएका छन्।
यो गीतको कमाईको बारेमा कुरागर्नुपर्दा कम्तिमा पनि यसले ५० लाख भन्दा माथिको आम्दानी गरेको जनाईएको छ ।’ तर स्रष्टा राजनराज सिवाकोटी आफ्नो गीतबाट युट्युवले कम्तिमा पनि ७० लाखको कमाई गरेको बताउँछन्।
तर हाइलाइट्सका जनरल म्यानेजर जनक तामाङ भने योबाट कती कमाई भयो त्यसको यकिन आफूलाई अनुमान नभएको बताएका छन ।
भिडीयो हेर्न यो लिङकमा जानुहोस