Logo

तृप्ती र यमको स्वरमा मौलिक तीजगीत ‘माईती घर’ बजारमा



काठमाण्डौ, १३ साउन । पत्रकार तथा सर्जक धनराज वास्तविकको लय तथा शब्द संकलनमा तीजगीत ‘माइती घर’ सार्बजनिक गरिएको छ ।
नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा लिने गरिएको हरितालिका तीज पर्वले आकार परिवर्तन गरेको छ । पछिल्लो समयमा पुरुषहरुलाई पनि यस पर्वले राम्रैसित छुने गरेको छ ।

सर्जक वास्तविकको शब्द सिर्जना रहेको उक्त गीतमा गायिका तृप्ती खड्का ‘गुरुङ’ र यम बिष्टको स्वर रहेको छ । गीतको संगीत सयोजन कृष्ण भान्जाले गरेका छन ।

गीतमा बर्षौसम्म पनि आफु माइती जान नपाएको एउटी चेलीको कथा समावेश गरिएको सर्जक वास्तविक बताउछन् । साथी सङ्गी र आफन्तको याद, बालापनमा हाँसे खेलका मेलापात, चौर अनि चौतारीहरुको सम्झना मेट्न नपाएको र वर्षौसम्म पनि माईति घर जान नपाएका दुःखहरु गीतमा समावेश छन् । यसपालिको तीजमा जसरी पनि माइतीघर जाने कुरालाई समेटिएको छ ।

लोकप्रिय निर्देशक विक्रम चौहानको निर्देशन रहेको यस गीतमा बिजय गुरुङ, टीका जौशी, रमेश कार्की र रेखा बस्नेतको उत्कृष्ट नृत्य देख्न सकिन्छ । प्रकाश खड्काले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् भने राजेश कुमारले भिडियो सम्पादन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्