काठमाडौँ,१३ साउन । ब्राजिलको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक टिटेको पदावधि ४ वर्षका लागि नवीकरण गरिएको छ । टिटेले अब ब्राजिललाई सन् २०२२ सम्म नेतृत्व गर्ने पक्का भएको छ ।
टिटे प्रशिक्षकमा सन् २०१६ देखि आवद्ध रहेका थिए । उनले फिफा वल्र्ड क्लब कप र दक्षिण अमेरिकाको कोपा लिबेर्टाडोरेस आवद्ध भएकै वर्षमा ब्राजिललाई दुई उपाधि दिलाएका थिए ।
५७ वर्षीय टिटेले आफ्नो पुनर्नियुक्तिलाई निकै ठूलो चुनौति भनेका छन् तर, आफू फेस गर्न तयार रहेकोपनि उनले बताए । क्वाटरफाइनल खेलमा बेल्जियमसँग पराजित भएपछि रसिया विश्वकपबाट ब्राजिल बाहिरिएको थियो ।
ब्राजिल फुटबल संघले यसलाई लामो समयका लागि बनाइएको प्रोजेक्ट भनेको छ ।