Logo

कानूनी कारबाहीको माग सहित शिक्षामन्त्रीलाई ज्ञापन पत्र



काठमाडौं, १५ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएका मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएको छ ।

केही समय पहिले झापा स्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्राहरुले शैक्षिक योग्यताको प्रमाणपत्र लिनका लागि बंगलादेशी प्राध्यापकहरुसँग शरीर सुम्पिने गरेको अभिव्यक्ति दिएका थिए ।

त्यस्तै पुर्ब स्वास्थ्य मन्त्रि एवम् नेपाली कांग्रेसका यूवा नेता गगन थापाले पैसाको भरमा शैक्षिक योग्यताको प्रमाण पत्र पाइने अभिव्यक्ति दिएर बिबादमा मुछिएका थिए । नेपाल सरकारको पक्षबाट कुनै पनि अधिकारिक वक्तव्य नआउदा बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली बिद्यार्थीहरु आक्रोशित भएका छन् ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष नविन यादबले शिक्षा मंत्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाएउँदै गलत अभिव्यक्ति बोल्ने जो कोहीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष यादबद्वरा हस्तक्षेरित ज्ञापनपत्रमा भनिएको छ, ‘गैरजिम्मेवारि पुर्वक गलत टिप्पणी गर्नेहरुलाई यथाशीघ्र कानुनी कारबाही होस्, यस विषयले उग्र रुप लिईसकेको स्थितिमा सरकारलाई तत्काल आफ्नो धारणा सार्वजनिक गरोस् ।’ तथापि सरकारले तत्काल समयमा दोषिलाई कारबाही नगरिए आफूहरु आन्दोलनमा उत्रिने अध्यक्ष यादवले बताएका छन् ।

बंगलोदेशमा अध्ययनरत छात्राहरुको बारेमा दिएको गलत अभिव्यक्तिको चौतर्फी आचोलना भएपछि सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले केहीदिन अघि नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्