काठमाडौं, १६ साउन । संचारकर्मी निरु गौतमको लय-शब्द संकलनमा मौलिक तीजगीत ‘जमुनाको तीर’ सार्बजनिक भएको छ । बुलबुल मिडियाको प्रस्तुति रहेको उक्त तीजगीतमा लोकप्रिय गायक खुमन अधिकारी र शिलु भट्टराईको आवाज रहेको छ ।
यो पनि पढ्नुहोस्
शिलु र खुमनको स्वरमा ‘चम्किए तरुनी-तन्नेरी’ भिडियो सहित
तीज गीत जमुनाको तीर’ को भिडियो निर्देशन, छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् । बिक्रम राना मगरको नृत्य निर्देशनमा तयार भएको उक्त तीजगीतमा सुमन ‘सपना’ राना, कुलचन्द्र पुरी, बिष्णु र मिरा लगायतका कलाकारको अभिनय रहेको छ ।