Logo

पूर्वसांसद जोशीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन ।

उनले आज एक शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका हुन।

“उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

पूर्व केन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहेका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य बनेका थिए।

विसं २०४८ को आम निर्वाचनमा काँग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं १ बाट विजयी भएकाका उनले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताएको काँग्रेसले जनाएको छ । उनका दुई छोरा र तीन छोरी रहेका छन ।

पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन । रासस

प्रतिक्रिया दिनुहोस्