Logo

विश्वस्तरीय उपचारका लागि मेडिसिटी अस्पताल सक्षम छ : डा. उपेन्द्र महतो



“उपचार, पूर्नस्थापना र भविष्यका आधारहरु” मूल नारासहित आयोजना भएको मेडिसिटी–एल सम्मेलन सम्पन्न

काठमाडौं, १६ साउन । ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको ब्रेष्ट तथा एसोफेगस सम्मेलन आज (बुधबार) सम्पन्न भएको छ ।

“उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारासहित आयोजना भएको सम्मेलनमा २०० भन्दा बढि क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टहरुको सहभागिता रहेको थियो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द« महतोले नेपालबाट विदेशमा गएर केही चिकित्सकले ज्ञान हासिल गर्नु र विदेशका चिकित्सक नेपाल आएर ज्ञान–अनुभव साटासाट गर्नुमा निकै ठुलो फरक पर्ने भएका कारण यस किसिमका सम्मेलनको महत्व अत्यधिक मात्रामा रहेको प्रष्ट पारेका छन् ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै डा. महतोले स्तन क्यान्सरको न्युनिकरण र विश्वस्तरीय उपचारका लागि मेडिसिटी अस्पताल सक्षम रहेकोमा समेत जोड दिए ।

त्यस्तै, अस्पतालका महापबन्धक विजय रिमालले यस सम्मेलनले केवल नेपाल मेडिसिटीका चिकित्सकलाईमात्र नभई मुलुकभरिका क्यान्सर रोग विशेषज्ञहरुलाई समेटेको विश्वास दिलाए ।

रिमालले क्यान्सर रोगको जनचेतना र उपचारलाई दुर–दराजमा पु¥याउने उद्धेश्य प्राप्तिका लागि यो एक हातोमालो हुने जनाए ।

संयुक्त राज्य अमेरिकास्थित विश्वप्रशिद्ध येल न्यू हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गरिरहँदा क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुले धेरै ज्ञान तथा अनुभवको साटासाट गर्ने अवसर पाएको बताएका छन् ।

अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा.बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किनजस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।

सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण गरिएको थियो जसका माध्ययमबाट न्युयोर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा बृहद् अन्र्तक्रिया समेत गरिएको थियो ।

सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सर संग सम्बन्धित अन्य सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot