Logo

अन्‍नपूर्ण पोस्ट्को प्रधान सम्पादकमा थापा नियुक्त



काठमाडौं, १६ साउन । पत्रकार हरिबहादुर थापा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको प्रधान सम्पादक नियुक्त भएका छन्। अढाई दशकदेखि पत्रकारिता गर्दै आएका थापा बुधबार अन्नपूर्ण पोस्ट्को प्रधान सम्पादक नियुक्त भएका हुन्।

थापालाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतले एक कार्यक्रमबीच स्वागत गरेका थिए । अध्यक्ष थापाले प्रधान सम्पादक थापालाई स्वागत गर्दै अन्नपूर्ण पोस्ट् पूर्ण मिडिया हाउस भइसकेकाले उनको कार्यकालमा अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष थापाले भने,‘मिडिया हाउस कम्पनी मात्रै होइन, जिम्मेवारीपूर्वक काम गर्नुपर्ने दायित्व छ। अन्नपूर्ण विभिन्न प्रोडक्टसहित ‘कम्प्लिट मिडिया हाउस’ भएको छ, अब अन्नपूर्णसँग जनताका अपेक्षा पनि छन्। दुई छिमेकी र संसारले पनि ठूलो अपेक्षा गरेको छ। नयाँ प्रधान सम्पाादकको नेतृत्वमा चुनौती सामना गर्दै नयाँ उचाईमा पुग्नेछौँ।’  तस्बिरः अन्नपूर्ण



प्रतिक्रिया दिनुहोस्

Screenshot